पर्साका एकै परिवारका १८ जनाले कोरोनालाई जिते
आइतबार, ११ जेठ २०७७, २२ : ४२
बीरगञ्ज । बीरगञ्जस्थित नाराययणी अञ्चल अस्पतालबाट २ महिनाका बालकसहित १८ जना कोरोना भाइरसलाई पराजित गरी डिस्चार्ज भएका छन् । आइतबार बेलुका उनीहरुलाई डिस्चार्ज गर्न लागिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन् । डिस्चार्ज हुने १८ जना एकै परिवारका सदस्य हुन् । नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत उनीहरु बीरगञ्ज महानगपालिका–३ का स्थानीय बासिन्दा रहेको उनले बताएका छन् ।
बस्नेतले उनीहरुको उपचारमा संलग्न नारायणी अस्पतालका मे.सु.डा. मदन उपाध्यासहित सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोथ गर्नेहरु हार्दिक नमन भनेका छन् । बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तो लाग्दैछ नेपालीहरुले एकपछि अर्को गर्दै कोरोना भाइरसलाई पराजित गर्दै जानेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिदाको दिन चलाइएका पाँच सरकारी सवारी साधन नियन्त्रणमा
-
सडक र टोलले सम्झिन्छ सहिद घिमिरेलाई
-
सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन भुवन नगरकोटी शीर्षस्थानमा
-
आप्रवासी कामदारका सम्बन्धमा २०२२ को विश्वकप अघिकै अवस्थामा फर्कियो कतार
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
-
राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताबाट लोकतन्त्र दिवसको उपहास, शुभकामना दिनै कन्जुस्याइँ !