बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा हावाहुरीको कहर, चट्याङ्ग लागेर एकको मृत्यु

आइतबार, ११ जेठ २०७७, २१ : ३५
आइतबार, ११ जेठ २०७७

रौतहट । रौतहटमा आइतबार साँझ हावाहुरी र चट्याङ्गका कारण ठूलो धनजनको क्षति भएको छ । जिल्लाको मौलापुर नगरपालिका वडा ८ का एक पुरुषको चट्याङ्ग लागेर निधन भएको छ ।

करिब सवा ८ बजे सोनरनिया गाउँभन्दा पश्चिममा रहेको खेतबाट घर फर्कने क्रममा ४५ वर्षीय रामाकान्त वैठालाई चट्याङ्ग लागेको थियो ।

प्रहरीका अनुसार उनको घटनास्थलमा नै मृत्यु भएको छ । हावाहुरीले मौलापुर, फतुवाविजयपुर, कटहरिया, देवाहीगोनाही लगायत स्थानीय तहमा दर्जन घरको छाना उडाउनुका साथै रुखहरु ढलेको छन् । क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप