शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विपद् व्यवस्थापन गणको पूर्वतयारी

आइतबार, ११ जेठ २०७७, १७ : १२
आइतबार, ११ जेठ २०७७

कोरोनाभाइरसको प्रकोप बढेसँगै नेपाली सेना २ नम्बर विपद व्यवस्थापन गण चितवनले व्यवस्थापनसम्बन्धी पूर्वतयारी अभ्यास गरेको छ ।

नागरिकलाई विभिन्न किसिमबाट आइपर्ने प्राकृतिक विपत्तिबाट बचाउने उद्देश्य स्वरुप गठन भएको यो गणले कोरोनाले पार्न सक्ने जोखिम र निम्त्याउने चुनौतीको मूल्यांकन गर्दै त्यसको व्यवस्थापन सम्बन्धी पूर्वतयारी अभ्यास गरेको हो  । 
चितवनको राप्ती नगरपालिका रसौलीमा रहेको यो गणले आइतबार जिल्लाका प्रशासक जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुका बीच गण परिसरमा शब व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन गरेको छ । 

कोरोनाको प्रकोपले मानिसको ज्यानै जाने खालको अकल्पनीय घटना भएमा त्यस्तो अवस्थामा  शव कसरी  व्यवस्थापन गर्ने भन्ने  बारेमा तयारीस्वरुप डेमो प्रदर्शनी गरिएको नेपाली गणपति कर्णेल राजेन्द्र पराजुलीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप