शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजसंस्थाको टड्कारो आवश्यकता देखियो: लोहनी

आइतबार, ११ जेठ २०७७, १५ : २२
आइतबार, ११ जेठ २०७७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालमा अहिले राजसंस्थाको टड्कारो आवश्यक्ता रहेको बताएका छन् । ‘अब संविधानभित्र आलंकारिक राजसंस्था नेपालमा नभई नहुने’ भन्दै राप्रपा अध्यक्ष लोहनीले आफ्नो विचार सामाजिक सञ्जालमार्फत आइतबार सार्वजनिक गरेका हुन् ।

देशमा आलङ्कारिक राजसंस्थाको आवश्यकता छ भन्ने ‘चेतना पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमा पक्कै आउने’ विश्वास डा.लोहनीले लिएका छन् । ‘डा.बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रले दरबार छोडी सकेपछि पनि पूर्वराजा ज्ञानेन्द्रको प्रखर आलोचकको रूपमा आफुलाई चिनाउँदै आएका थिए । तर आज पूर्वराजा ज्ञानेन्द्रको प्रखर प्रशंसक बनेको पढेँ, त्यसमा खुशी लाग्यो,’ लोहनीले भने ।

राजसंस्था सहितको प्रजातन्त्रको पक्षधर लोहनी भ्रष्टाचारविरोधी अभियानमा समेत सक्रिय छन् । सामाजिक न्याय, समावेशी प्रजातन्त्रका पक्षधर लोहनी, अन्याय र अत्याचारविरुद्ध बोल्ने वक्ताका रुपमा परिचित छन् । पछिल्लो समय राजनीतिमा उनले युवा पुस्ताको पैरवी गर्दैछन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप