गोसाइँकुण्डमा गङ्गादशहरा मेला प्रभावित
![गोसाइँकुण्डमा गङ्गादशहरा मेला प्रभावित](https://rpcdn.ratopati.com/media/albums/gosaikunda_6bUYv8djNO.jpg)
रसुवा । कोभिड–१९ का कारण तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा पर्वको मेला प्रभावित भएको छ । दशहरा पर्व अन्तर्गत प्रत्येक वर्ष १० दिन लाग्ने धार्मिक मेला यसवर्ष शनिबारदेखि शुरू भए तापनि बन्दाबन्दीे यातायात बन्द हुँदा पूर्ण रूपमा प्रभावित भएको गोसाइँकुण्ड क्षेत्र व्यवस्थापन समितिले जनाएको छ ।
गङ्गा नदी पृथ्वीमा अवतरण भएको दिन गङ्गा दशहरामा यही जेठ १९ गते गोसाइँकुण्ड मन्दिरमा एक पुजारी पठाई विशेष पूजा गर्ने तयारी भइरहेको समितिका अध्यक्ष सञ्जीव डिएमले बताए । बन्दाबन्दीले गोसाइँकुण्डको धार्मिक मार्गमा रहेका होटल तथा लजसमेत बन्द भइसकेको बताइएको छ । वेगवान् गङ्गालाई पृथ्वीमा ल्याउने क्रममा महादेवले जटामा राखेर थामिदिएको पुराणमा वर्णित छ ।
सत्ययुगमा समुद्र मन्थन गर्दा संसार दग्ध गराउने कालकूट विष पिएर उत्पन्न डाह शान्त पार्न महादेव निलाद्री पर्वत पुगेर कुण्डको उत्पत्ति गराई विराजमान भएकाले वर्षेनी भक्तजन स्नान र पूजाआजाका लागि गोसाइँकुण्ड जाने परम्परा रहिआएको छ । गोसाइँकुण्डमा वर्षको दुई पटक गंगादशहरामा दश दिन र जनैपूर्णिमामा पाँच दिन विशेष मेला लाग्छ ।
समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित गोसाइँकुण्डमा भक्तजन पुग्न नसके पनि समितिका तर्फबाट विशेष पूजा गरेर धार्मिक विधि पूरा गरिने अध्यक्ष डिएमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म