शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीन र अमेरिकालाई खतरनाक शीतयुद्धमा धकेल्ने कोसिस भइरहेछ: चिनियाँ विदेशमन्त्री

आइतबार, ११ जेठ २०७७, १३ : ५३
आइतबार, ११ जेठ २०७७

चीनका विदेशमन्त्री वाङ​ यीले चीन र अमेरिकालाई खतरनाक शीतयुद्धमा धकेल्ने कोसिस भइरहेको बताएका छन् ।

विदेशमन्त्रीले आइतबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

उनले भनेका छन्, ‘अमेरिका भित्र केही राजनीतिक शक्तिले चीन–अमेरिका सम्बन्धलाई आफ्नो फाइदाका लागि गलत दिशामा लैजाने कोसिस गरिरहेका छन् र दुई देशलाई नयाँ शीतयुद्धमा धकेलिरहेका छन् ।’

उनले यसलाई खतरनाक कोसिस बताउँदै यो कसैको पनि हितमा नभएको बताएका छन् ।

यसका साथै विदेशमन्त्रीले थपे, ‘चीन आफ्नो सम्प्रभुताको रक्षा गर्नेछ र प्रगतिको बाटोमा बढ्ने अधिकारी पनि छ । अमेरिकाको परिवर्तनमा चीनको कुनै रुची छैन र अमेरिकाले पनि चीनलाई प्रगति पथमा अघि बढ्नबाट रोक्न सक्दैन ।’

वाङ यीले चीन र अमेरिकाको राजनीति व्यवस्था भिन्न भएको र यो दुबै देशको जनताको मर्जीले तयार भएको बताएका छन् ।

उनले भने, ‘उनीहरु आफ्नो बाटोबाट हटिरहेका छन् तर यसको अर्थ यो हो इन कि सहयोगको कुनै सम्भावना छैन । दुबै पक्षबीच संसारको सबैभन्दा ठूलो मुद्दामा सल्लाह र चर्चाको आवश्यकता छ ।’

विदेशमन्त्रीका अनुसार चीन र अमेरिकाबीच सहयोगको परम्परा भएको र यो परम्परा संकटका बेला पनि लागू भएको छ ।

उनले भने, ‘कोभिड–१९ सुरु हुने बेला हामीले स्वास्थ्य सामग्रीका लागि एक–अर्कालाई सहयोग गर्यौ । १२ अर्ब बढी मास्क अमेरिकामा पठाइसकेका छौं । तर अफसोस, अमेरिकामा राजनीतिको भाइरस फैलिरहेको छ ।

वाङले चीन र रुसले यो राजनीतिक भाइरसविरुद्ध एक अभेद्य किला बनाएको र आफ्नो रणनीतिक तालमेलको शक्ति पनि प्रदर्शित गरेको बताए ।

उनले भने, ‘रुस र चीनले कोभिड–१९ को क्रममा एक अर्काको मद्दत गरे । जबसम्म हामी दुई मिलेर काम गर्छौं, हामीले संसारमा विविधताको रक्षा गरिरहन्छौं, शान्ति र न्यायको रक्षा गरिहनेछौं ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप