शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्युठानमा हुरीले उडायो ३ घरका छाना

आइतबार, ११ जेठ २०७७, १३ : १६
आइतबार, ११ जेठ २०७७

प्युठान । जिल्लामा चलेको हुरीले तीन घरका छाना उडेका छन् । बतासबाट घर र गोठमा लाखौंँको क्षति पुगेको स्थानीय बासिन्दाले जनाएका छन् । गएराति गौमुखी गाउँपालिका–६ लिवाङ फोपरेटाका शिवबहादुर खत्री र  जमाने सामत तथा भदौरेरामका विष्णु परियारका घरमा गारोसमेत भत्केर छाना उडेको छ ।

आरुपाटाका डोरे खत्री र चन्द्रे सुनारका गोठमा लगाइएको टिनको पाता पनि उडेको गौमुखी गाउँपालिका–६ का वडाध्यक्ष लालबहादुर खत्रीले जानकारी दिए । उनकाअनुसार तीन घर र दुई गोठबाट छानामा लगाइएको टिनसहित करीब रु  ६ लाख  क्षति भएको छ । 

छानो उडाएकामध्ये परियार र शिवबहादुरको गत वर्ष खरका छाना विस्थापन कार्यक्रमअन्तर्गत गौमुखी गाउँपालिकाको सहयोगमा निर्माण भएको  थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप