शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आणविक क्षमता वृद्धिबारे छलफल गर्दै किम

आइतबार, ११ जेठ २०७७, ०९ : ०८
आइतबार, ११ जेठ २०७७

अमेरिकासँगको निसस्त्रीशरण वार्तामा ढिलाई भइरहेका बेला उत्तर कोरियाली नेता किम जोङ उनले देशको आणविक क्षमता वृद्धिका लागि नयाँ नीतिका विषयमा सैन्य अधिकारीसँग छलफल गरेका छन् । 

पछिल्लो तीन सातायता किम सार्वजनिक रुपमा यसरी देखिएको यो पहिलो अवसर हो । उनी अन्तिपटक १ मेइमा सार्वजनिक भएका थिए । 

पछिल्ला दुई महिना कोरोना भाइरसको चिन्ताका कारण उनी निकै कममात्र बाहिर निस्किएका छन् । 

उत्तर कोरियामा कोरोना भाइरसबाट बच्नका लागि कडाई गरिएको छ, यद्यपी देशमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएको उनको दाबी छ । 

गत महिना आफ्ना हजुरबुबा तथा उत्तर कोरियाका संस्थापक किम जोङ सुनको जन्मजयन्तीमा उनी उपस्थित नहुँदा सामाजिक सञ्जालमा उनको मृत्यु भइसकेको हल्ला समेत फैलिएको थियो । 

गत वर्षयता अमेरिका र उत्तर कोरियाबीचको निसस्त्रीकरण सम्बन्धी वार्तामा निकै कम प्रगती भएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीपछि यो अझै ओझेलमा छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार बैठकमा सैन्य दस्ताको प्रवद्र्धन गर्ने र शत्रुतर्फबाट हुने साना वा ठूला खतरालाई नियन्त्रण गर्ने विषयमा छलफल भएको छ ।

 

source:foxnews.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप