शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमितको मृत्यु नै नभई मृत्युको समाचार लेख्ने अनलाइनलाई काउन्सिलले सचेत गरायो, यी अनलाइन ब्लक (सूची)

शनिबार, १० जेठ २०७७, २२ : ३८
शनिबार, १० जेठ २०७७


काठमाडौं । प्रेस काउन्सिल नेपालले कोरोना संक्रमितको उपचार भइरहेको समयमा मृत्युको समाचार प्रकाशन गर्ने ३९ अनलाइन सञ्चारमाध्यमलाई एकैपटक सचेत गराएको छ । काउन्सिल इतिहासमै एकैदिन यतिधेरै सञ्चारमाध्यम कारबाहीमा परेको पहिलो पटक हो । 

काउन्सिलले जेठ ७ गते ती ३९ अनलाइनलाई पत्राचार गर्दै गल्ती नदोहोर्‍याउन सचेत गराएको हो ।  साथै सोही विषयमा भ्रमपूर्ण समाचार लेख्ने ८ वटा अनलाइन समाचार माध्यमलाई नेपालभित्र खोल्न नमिल्नेगरी ब्लक समेत गरेको छ । 

कोरोना संक्रमण भएर उपचारका क्रममा रुपन्देहीको एक अस्पतालको भेन्टिलेटरमा रहेका गुल्मीका शिक्षकको मृत्यु भएको भन्दै ती सञ्चारमाध्यमले जेठ ७ गते भ्रमपूर्ण समाचार छापेका थिए । 

 गलत समाचार छाप्ने सबै अनलाइन माध्यमलाई प्रेस काउन्सिलले सोही सोही दिन पत्राचार गरेको थियो । कोरोना संक्रमित शिक्षकको मृत्यु भने जेठ ८ गते भएको थियो । 

व्यक्ति जिवित छदै मृत्युको समाचार छाप्नेमा नाम चलेका अनलाइनदेखि कपिपेष्ट पत्रकारिता गर्ने अनलाइन समाचार माध्यम समेत थिए । 

कोरोना भाइरसको माहामारी रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको ६० दिन अवधिमा आचारसंहिता उल्लंघनका २०६ वटा सामग्री प्रकाशित भएको रेकर्ड काउन्सिलले सार्वजनिक गरेको छ । त्यसमध्ये केही अनलाइनले पटक पटक आचारसंहिता उलंघन गरेको समेत देखिएको छ । यस्तै अनलाइनबाहेक केही छापा र टेलिभिजन सञ्चारमाध्यमले पनि आचारसंहिता उलंघन गरेको पाइएको छ । 

 प्रेस काउन्सिल नेपालले आचारसंहिता उल्लंघन सबैलाई स्पष्टीकरणका लागि/जवाफ माग/सचेत र ध्यानाकर्षणका लागि पत्र काटेको छ । 

यस्तै दर्ता नभएका र आचारसंहिता उल्लंघन गर्ने ७० वटा अनलाइन समाचार माध्यमलाई नेपालमा सञ्चालन हुन नसक्ने गरी ब्लक गरेको छ । 

काउन्सिलले ६० दिनको लकडाउन अवधिमा ५९ सञ्चारमाध्यमसँग स्पष्टीकरण सोध्दै जवाफ माग गरेको छ । २२ सञ्चार माध्यमलाई सचेत गराएको छ भने ४० सञ्चार माध्यमलाई आचार संहिता पालना गर्न निर्देशन दिएको छ । यस्तै १४ वटालाई ध्यानाकर्षण गराएको छ भने एउटा सञ्चारमाध्यमलाई अन्तिम चेतावनी दिएको छ । 

यस्तै कोरोना सम्बन्धी  गलत सामग्री प्रकाशन गर्ने १४ सञ्चारमाध्यम माथि उजुरी परेको पनि काउन्सिलले जनाएको छ । यस्तै १० वटा सञ्चारमाध्यमले स्पष्टीकरण पेश नगरेको पनि काउन्सिलले जनाएको छ ।

प्रेस काउन्सिलले आचारसंहिता उल्लंघन गरेकोमा पत्र काटेका सञ्चारमाध्ममहरु : 

नेपालमा ब्लक गरिएका अनलाइन सूची : 

यी सञ्चारमाध्यम विरुद्ध पर्‍यो उजुरी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप