शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सभापति देउवाद्वारा दुःख व्यक्त

शनिबार, १० जेठ २०७७, २१ : १७
शनिबार, १० जेठ २०७७

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्व महासमिति सदस्य एवं नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सदस्य रामबहादुर चन्दको निधनप्रति दुःख व्यक्त गरे ।

वरिष्ठ अधिवक्तासमेत रहनुभएका चन्दको शुक्रबार राति बैतडीको पाटन नगरपालिका–४ स्थित आफ्नै निवासमा ६५ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । 

स्व चन्दले पार्टीको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको बताए ।

विसं २०३६ देखि नेविसङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गरेका स्व चन्दले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनका दुई छोरा र तीन छोरी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप