बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नहरमा डुबेर युवकको मृत्यु

शनिबार, १० जेठ २०७७, २० : २८
शनिबार, १० जेठ २०७७

भीमदत्त नगरपालिका– ६ का २७ वर्षीय अशोक धामीको नहरमा डुबेर आज मृत्यु भएको छ । 

घर नजिकैको महाकाली सिँचाइको नहरमा नुहाउने क्रममा डुबेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए । 

नुहाउन गएका धामी नहरमा डुबेपछि स्थानीय बासिन्दा र प्रहरीले पाँच घण्टापछि शव फेला पारेको हो । 

मृतकको महाकाली अस्पतालमा शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप