बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो भूभागबाट भारतको उपस्थिति र नियन्त्रणको अन्त्य गरौँ : गगन थापा

शनिबार, १० जेठ २०७७, १९ : ५४
शनिबार, १० जेठ २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी काँग्रेस युवा नेता एवं सांसद गगन थापाले नेपालको परिवर्तित नक्सालाई तत्काल संविधानको अंग बनाउन तत्काल संविधान संशोधन गरी राष्ट्रिय संकल्प बनाउन आग्रह गरेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै थापाले नक्सा संविधानको अंग भएसँगै राष्ट्रिय स्वाभिमानको लडाइँमा महत्वपूर्ण अध्याय सुरु हुने बताएका छन् । 

त्यसपछि  कूटनीतिक रूपमा अझै जिम्मेवारी पूर्वक गर्नुपर्नेमा थापाको जोड छ । नक्सा संविधानको अंग बनेपछि प्रभावकारी कूटनीतिक पहल गरी नेपालको भूमिबाट भारतको नियन्त्रण अन्त्य गर्नुपर्ने उनले बताए ।

थापाले भने,  ‘यतिखेर भारतले नेपाली भूभागमा उपस्थितिसँगै नियन्त्रण राखेको अवस्था छ । अबको बाटो भनेको हामीले हाम्रो भूभागबाट भारतको उपस्थिति तथा नियन्त्रणको अन्त्य गरी आफ्नो प्रभावकारी नियन्त्रण स्थापित गर्ने हो ।’

राष्ट्रिय स्वाभिमानको खाँतिर परिवर्तित नक्सा जारी गर्ने सन्दर्भमा सबै एकढिक्का भएर, एक ठाउँ उभिएको उनको भनाइ छ । नेपालको संसद् आमनेपालीहरूको राजनीतिक प्रतिनिधित्व हुने सर्वोच्च निकाय भएको भन्दै उनले सामूहिक संकल्पको समय आएको बताए ।

थापाले भने, ‘यस सर्वोच्च निकायमा उपस्थित हामी सबै जनप्रतिनिधिहरूले, संविधानमा नक्सा संशोधन गरेसँगै, यथास्थितिमा नेपाली भूभागमा रहेको भारतको उपस्थिति तथा नियन्त्रणबाट नेपाली भूभाग प्रभावकारी नियन्त्रणसहित फिर्ता लिई छाड्छौँ भन्ने संकल्प गरौँ,’ 


सीमासँग सम्बन्धित विषयमा नेपाली काँग्रेसका सांसद र नेकपाका सांसदले दर्ता गराउनुभएका दुई भिन्न भिन्न संकल्प प्रस्तावलाई पुनर्लेखन गर्न माग गरे । 

थापाले परिवर्तित नक्सामा उल्लेख गरिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग नेपालको पूर्ण नियन्त्रणमा ल्याउने संकल्प सहितको साझा संकल्प प्रस्ताव मस्यौदा गरी सर्वसम्मत रूपमा संसदबाट संकल्प पारित गर्न आग्रह गरे ।

यसो गर्दा संसद् तथा संसद्को संकल्पप्रति सरकारलाई जवाफदेही बनाइरहने थापाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप