शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय क्वारेन्टाइनमा बसेका स्याङ्जाका युवाको मृत्यु

शनिबार, १० जेठ २०७७, १८ : ३५
शनिबार, १० जेठ २०७७

बुटवल । भारतको नौतनवास्थित क्वारेन्टाइनमा बसेका एक नेपालीको मृत्यु भएको छ ।

 रोजगारीका लागि भारत गएका स्याङ्जा हरिनास गाउँपालिका २ चिसापानीका ३२ वर्षीय पुरुषको शनिबार  मृत्यु भएको भारत नौतनवाका एसडीएम जसधीर सिंहले बताए । 

हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले आफूहरुले पनि क्वारेन्टाइनमा बसेका चिसापानीका एकजनाको मृत्यु भएको जानकारी पाएको बताएका छन् ।   उनले थप जानकारी लिने प्रयासमा रहेको बताए । 

ती युवा जेठ ५ गते नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा बसेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगन्जस्थित अस्पतालमा उपचार गरेर क्वारेन्टाइनमा ल्याएपछि मृत्यु भएको बताइएको छ । 

हिँडेरै स्याङ्जा जाने प्रयासमा भारत अलिगढबाट रुपन्देहीको नाका बेलहिया आएका उनलाई नेपाल प्रवेश नदिएपछि नौतनवाको क्वारेन्टाइनमा राखिएको थियो ।

हाल सीमानाका सुनौली नजिकैको नौतनवाको सो क्वारेन्टाइनमा १ सय ३९ जना नेपाली रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप