शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपचारका लागि बलिउड अभिनेताको हारगुहार

शनिबार, १० जेठ २०७७, १७ : ४८
शनिबार, १० जेठ २०७७

अभिनेता आशिष राय मुम्बईको एक अस्पतालमा आईसीयुमा भर्ना भएका छन् र उनको अवस्था चिन्ताजनक छ । 

उनी आईसीयुमा भर्ना भएको खबर त्यतिबेला भाइरल बन्यो जब आशिष आफैंले आफ्नो फेसबुक एकाउन्टमार्फत आर्थिक सहयोगको गुहार मागे । 

आशिषले बलिउडका अन्य अभिनेतासँग पनि आर्थिक अवस्था खराब भएकाले सहयोग मागेका छन्, तर अहिलेसम्म कुनै सहयोग मिलेको छैन । 

आशिषको दुबै मिर्गौलाले काम गर्न छाडेको छ र उनी डायलासिस गरेको बाँचिरहेका छन् । आशिषले स्पटब्वाई वेवसाइटसँगको कुराकानीमा भनेका छन् – ‘मेरो डायलासिस जारी छ । तर स्वास्थमा कुनै सुधार देखिएको छैन । मलाई थाहा छैन कि कहिलेसम्म यहाँ उपचार गर्न पाउनेछु किनकी हरेक दिन अस्पतालको बिल बढिरहेको छ ।’

उनले सामाजिक सञ्जालमा आफ्नो बैंक डिटेल्ससहित सहयोगको याचना गर्दा पनि कुनै सहयोग नआएको दुखेसो गरेका छन् । साथी सुरज थापरले सहयोगका लागि हर–सम्भव प्रयास गरेपनि लकडाउनका कारण उनी समस्या सिर्जना भएको बताए । 
उनले भने, ‘अब सलमान खानमै आशाको किरण बचेको छ । मैले उनको फाउन्डेशन विइङ ह्युमनसँग सुरजमार्फत सम्पर्क गर्ने कोसिस गरिरहेको छु किनकी सुरजले सलमानसँग काम गरिसकेका छन् ।’

२०१९ को सुरुवातमा आशिषलाई पक्षघात भएको थियो । उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘ म प्यारालाइसिस स्ट्रोकपछि ठिक भएँ । तर काम मिलेन । अहिले आफ्नो बचत रकमले जिन्दगी चलाइरहेको छ र यो पनि खतम हुनेवाला छ । म आफ्नी बहिनी नजिकै कोलकातामा सिफ्ट हुनेछु । तर इन्ड्रस्टीमा कसैले त मलाई काम दिनुपर्छ , नत्र तपाईलाई थाहा छ मेरो अवस्था के हुन्छ ।’

आशिष एक भ्वाइस ओभर आर्टिस्ट पनि हुन् । उनले हलिउड फिल्म ‘जोकर’ को हिन्दी भर्सनमा आफ्नो आवाज दिएका छन् ।

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप