बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बिरामी छोरालाई पीडामा छाडेर यौनदासीसँग रोमान्स गर्दै थाइ राजा

शनिबार, १० जेठ २०७७, १७ : ११
शनिबार, १० जेठ २०७७

थाइ राजा रामा दशौंका एकमात्रै छोरा तथा गद्दीका हकदार १५ वर्षीय दिपाङक्रोन रश्मीजोती अहिले जर्मनीमा ‘एक्लो र बेवास्ताको’ जीवन बाँचिरहेका छन् । जबकी, यही समय उनका बाबु २० जना यौन दासीसँगै जर्मनीको एउटा होटलमा रोमान्स गरिरहेका छन् । 

आफ्ना बाबु बसेको होटलभन्दा ४० माइल्स पर एक बंगलामा दिपाङक्रोन बस्छन् । जहाँबाट, स्टार्नवर्ग तालको दृश्यावलोकन गर्न सकिन्छ । उनमा अथिज्म नामक समस्या देखिएको छ । यस्तो समस्या हुनेले प्राय सामाजिक  अन्तक्रिया गर्न चाहँदैनन् र बोल्न रुचाउँदैनन् । त्यसैले उनको जीवन पिँजडाजस्तो छ र उम्कने विकल्प छैन । 

जर्मन पत्रिका विल्डका अनुसार स्विमिङ पुलसहित ठूलै क्षेत्रफलको एक बंगलामा यी साना राजकुमारको सेवामा दुई दर्जन कर्मचारी खटिएका छन् । 

तर, राजा रामा दशौं अर्थात् ६७ वर्षीया महा बज्रलङक्रोन आफ्ना छोरालाई भेट्न जाँदैनन् । उनी चार तारे होटल अल्पाइनमा २० जना यौनदासीबाट घेरिएर सेल्फ–आइशोलेसनमा बसेका छन् । यी यौनदासीहरुलाई सैनिकको नियुक्ति दिइएको छ । उनीहरुलाई ब्रिटिस स्पेशल फोर्स सरहको एसएएस युनिटको सदस्य बनाइएको छ । 

दिपाङक्रोन रश्मीजोतीको जन्म २९ अप्रिल २००५ मा बैंककमा भएको थियो । उनकी आमा राजकुमारी श्री रश्मी बज्रलङक्रोनकी तेस्रो पत्नी थिइन् । २०१४ मा रश्मी र बज्रलङक्रोनले डिभोर्स गरे । त्यसयता रश्मीले ४५ लाख ७० हजार अमेरिकी डलर क्षतिपुर्ति लिइन्, छोराको जिम्मा बज्रलङक्रोनलाई नै लगाइन् । बिल्डका अनुसार किशोरावस्थाका राजकुमारले त्यसयता आफ्नी आमासँग भेटेका छैनन् । बाबु महा बज्रलङक्रोन छोराबाट ४० माइल्स पर आलिसान होटलमा बस्छन् ।

जर्मनीको बाभारिया राज्यको दक्षिणतर्फकोे यस होटलको नाम ग्रान्ड होटल सोन्नेनविचल हो । नाम नछाप्ने सर्तमा दरबारका एक कर्मचारीले बताएअनुसार छोरा दिपाङक्रोन अथिज्मबाट ग्रस्त छन् । यही रोगका कारण उनलाई जर्मनी ल्याइएको हो । मानसिक विकासमा देखिने यो डिअर्डरका धेरै लक्षण छन् । त्यसमध्ये सामाजिक रुपमा घुलमिल हुन र बोल्न नचाहनु, अलग सोच आउनु मुख्य हुन् ।

‘छोरामा देखिएको समस्याबाट बाबु स्तब्ध छन् ,’ ती कर्मचारीले भने । राजाका एकमात्रै वेध छोरा र गद्दीका उत्तराधिकारी भएकाले अहिले दिपाङक्रनलाई सर्वसाधारणको आँखाबाट टाढा राखिएको छ र उनको समस्याका लागि उपचार भइरहेको छ । सन् २०११ यता दिपाङक्रोनले  उल्फ्राट्सहउसस्थित वाल्ड्रफ स्कुलमा पढ्न थालेका हुन् । उनी थाइ भाषाभन्दा पनि राम्रोसँग जर्मन भाषा बोल्छन् । 

४९ वर्षीय पत्रकार एन्ड्रिय म्याकग्रिगोर मार्सलका अनुसार बाबुपछि सम्भवत दिपाङक्रन नै राजा हुनेछन् । ‘तर शासन भने अहिलेका राजाकी बहिनी सिरिन्दहोर्न वा दिपाङकोर्नकी सौतेनी दिदी बज्रकीतियाबाले गर्नसक्छन्, ’ मार्सलले भने । त्यतिबेलासम्म सायद यी राजकुमार ताल हेरेरै बस्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप