
सर्वोच्च अदालतका पहिलो महिला न्यायाधीश सिंहको निधन

काठमाडौं । सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’को ८६ वर्षको उमेरमा निधन भएको छ । ब्रेन ह्मरेजको शल्यक्रियापछि मेडिसिटी अस्पताल नख्खुमा उपचार गरिरहेकी उनको शुक्रबार असामयिक निधन भएको हो । उनका भतिज प्रदीपलाल श्रेष्ठका अनुसार उनको ब्रेन ह्मरेजको शल्यक्रिया एकहप्ताअघि सफलतापूर्वक सम्पन्न भएको थियो ।
सर्वोच्च अदालतमा विसं २०५८ देखि २०६३ सालसम्म न्यायाधीशका रुपमा काम गरेकी उनको न्यायालयको इतिहासमा पहिलो महिला न्यायाधीश थिइन् । उनका भतिजका अनुसार आज उनको अन्तिम संस्कार गर्ने तयारी भइरहेको छ ।
उनको दुई छोरा मलखलाल श्रेष्ठ र सितुलाल श्रेष्ठ रहेका छन् । जेठा छोरा मलखलाल जर्मनमा रहेको हुनाले आउन सक्ने सम्भावना हुन्छ कि भनेर एक दिन पर्खिए पनि आउन सम्भव नभएकाले अन्तिम संस्कार गर्न ढिला भएको हो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ