शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणी अस्पतालमा उपचाररत ९ जनाले जिते कोरोना

शनिबार, १० जेठ २०७७, १६ : १७
शनिबार, १० जेठ २०७७

 पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् ।

 उनीहरुमा गरिएको पछिल्लो परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्जको तयारी गरिएको छ । 

शनिबार साँझसम्म उनीहरुलाई डिस्चार्ज गरिने नारायणी अस्पतालले जनाएको छ । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ९ जना कोरोनामुक्त भएको भन्दै उनीहरुलाई डिस्चार्जको तयारी गरिएको बताए । 

उनीहरुमध्ये बारा पर्सा र रौतहटका हुन् । 

कोरोना निको हुनेमा १९ देखि ५१ वर्ष उमेरसम्मका रहेका छन्  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप