क्वारेन्टाइनमा झन् भद्रगोल भयो भन्दै रुपन्देहीमा गाउँपालिकाविरुद्ध गाँउलेको प्रदर्शन
बुुटवल । क्वारेनटाइन व्यवस्थित नभएको गुनासो आइरहेका बेला रुपन्देही जिल्लाको कोटहीमाईका स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् ।
क्वारेनटाइन भित्र बस्नेहरुले खानपीनलगायतको उचित व्यवस्था नभएको भन्दै गुनासो गरिरहेका बेला गाउँलेहरुले भने कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रदर्शन गरेका हुन् । रुपन्देहीको कोटहीमाई गाउँपालिकाले कोटहीमाई वडा नम्बर ६ बोगडी माविमा क्वारेन्टाइन बनाएको छ । तर क्वारेन्टाइन व्यवस्थित नबन्दा गाउँमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीयले शनिबार बिहान गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादव विरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुुन् ।
क्वारेन्टाइनमा बसेकाहरु र गाउँपालिकामा कार्यरत कर्मचारीले लापरवाही गरेको स्थानीयको भनाई छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले स्थानीयले विद्यालयबाट क्वारेन्टाइन हटाउनुपर्ने माग राखेर आन्दोलन गरेको आफूले जानकारी पाएको बताए ।
गाउँपालिकाले बोगडी माविमा शुक्रबार दुुई सय बेडमा क्वारेन्टाइन बनाएर भारतबाट आएकाहरुलाई राखेको छ ।
स्थानीय निशान्त पाण्डेले क्वारेन्टाइनमा बसेमा मानिसहरुले खेर गएको खाना प्लाष्टिकमा राखेर क्वारेन्टाइन बाहिर सडकमा फाल्ने र गाउँका मानिसले त्यो फालेका खाना घरमा लगेर गाईवस्तुलाई खुवाउँदा संक्रमणको जोखिम बढेकाले आन्दोलन गर्नुपरेको बताए ।
क्वारेन्टाइनमा कार्यरत कर्मचारी पनि गाउँमा हिँडडुल गरिरहेको स्थानीयहरुको भनाई छ ।
गाउँपालिकाले मर्चवारी आदर्श मावि दुुई सय, माझगाउँ माविमा दुुई सय, मर्यादपुर माविमा १ सय र लालबिहारी मावि १ सय बेडको क्वारेन्टाइन बनाएको छ ।
बाँकी दुुई माविमा सय÷सय बेड बनाउने तयारी गरिएको घिमिरेले बताए । श्रीराम मावि र जानकी माविमा पनि क्वारेन्टाइन बनाइँदै छ । आन्दोलन गर्ने स्थानीयसँग जिल्ला प्रशासन कार्यालयको समन्वयमा छलफल गर्ने तयारी गरिएको छ ।
स्थानीयको बिरोध पछि प्रहरी घटनास्थल पुगेको बताइएको छ । नेपाल भारत सिमा क्षेत्रमा पर्ने कोटहीमाई भारतबाट लुकिछिपी आउनेहरु बढि छन् ।
फोटो : सौजन्य निराजन पाठक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु