केन्द्रीय संस्करण

राजधानीको ग्राण्डी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण

person explore access_timeजेठ १०, २०७७ chat_bubble_outline0

काठमाडौं । राजधानीको धापासी स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

उनी काठमाडौंको गोकर्णेश्वरका स्थायी बासिन्दा भएको स्रोतले जनाएको छ । 

अस्पताल स्रोतका अनुसार उनीमा केहीदिन अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शनिबार कोरोनाको पुष्टि भएको हो।  

शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार काठमाडौंका एक जनामा कोरोना पुष्टि भएको उल्लेख थियो । 
कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पताल सिल गर्ने तयारी गरिएको छ । 

 अहिले कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिसकेको मन्त्रालयल स्रोतले जनाएको छ । 

शुक्रबारसम्म नेपालमा ५४८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.