केन्द्रीय संस्करण

बेपत्ता एम्बुलेन्स चालक मृत फेला

person explore access_timeजेठ १०, २०७७ chat_bubble_outline0

गलेश्वर । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रिठाबोटस्थित कालीगण्डकी नदीमा खसेको एम्बुलेन्सका चालकको शव भेटिएको छ । गत आइतबार मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट सुत्केरी लिन बेनीतर्फ आइरहेको ग१झ ३११ नंको एम्बुलेन्स सडकबाट कालीगण्डकी नदीमा खस्दा बेपत्ता भएका थासाङ गाउँपालिका–४ का २१ वर्षीय सुजन विश्वकर्माको शव शुक्रबार साँझ पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा भेटिएको हो ।

बेनपा–९ गलेश्वरको दोभानमा शव देखिएको सूचनाका आधारमा खोजीकार्य गर्दा पर्वतको फर्सेमा भेटिएको नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपमन्त्री सुरत केसीले बताए । बेपत्ता चालकको खोजीमा लागेका प्रहरी नायब उपरीक्षक किरण कुँवरसहितको टोलीसमेत घटनास्थलमा पुगेका थिए । मृतक चालकको शव परीक्षण गरी परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.