कोरोना अपडेटः विश्वभर संक्रमित ५३ लाखको हाराहारीमा, ३ लाख ४० हजारको मृत्यु
एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५३ लाख नाघेको छ । युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ३९३ कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार २९३ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९७ हजार ६५५ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजारको हाराहारीमा छ । हालसम्म इटालीमा ३२ हजार ६१६, फ्रान्समा २८ हजार २८९, स्पेनमा २८ हजार ६२८, बेल्जियममा ९ हजार २१२, जर्मनीमा ८ हजार ३५२ र नेदरल्यान्ड्मा ५ हजार ७८८ जनाको मृत्यु भएको छ ।
दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा २१ हजार ११६ को मृत्यु भएको छ । यहाँ एकै दिन ९६६ जनाको ज्यान गएको छ । यसैगरी, इरानमा ७ हजार ३००, मेक्सिकोमा ६ हजार ९८९, क्यानाडामा ६ हजार २५० र चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति
क्र. सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु
विश्वभर ५३,०६,९२८ २१,६०,५३० ३,४०,०७२
१. युरोप १८,६८,२३७ ८,४९,१८० १,६८,४२६
२. उत्तर अमेरिका १८,२८,३६० ५,०७,२०७ १,१२,१३१
३. एसिया ९,१४,५४३ ५ ३३,४७९ २६,७१२
४. दक्षिण अमेरिका ५,८०,०७१ २,१८,७३८ २९,४४४
५. अफ्रिका १,०५,८४५ ४२,८८१ ३,२०४
६. अस्ट्रेलिया ८,७१९ ८,०५० १२३
दक्षिण एसियाली मुलुकहरु
१. भारत १,२५,१४९ ५१,८२४ ३,७२८
२. पाकिस्तान ५२,४३७ १ ,६५३ १,१०१
३. बंगलादेश ३०,२०५ ६,१०९ ४३२
४. अफगानिस्तान ९,२१६ ९९६ २०५
५. श्रीलंका १,०६८ ६२० ९
६. माल्दिभ्स १,२७४ १०९ ४
७. नेपाल ५४८ ७० ३
८. भुटान २४ ६ –
–एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
-
स्याउ किसानसँग मुख्यमन्त्री : किसानका गुनासै गुनासा, सक्दो सहयोग गर्ने प्रतिबद्धता
-
३४ बिरामीको घुँडाको शल्यक्रिया
-
मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी
-
गणतन्त्र सेनानी कोषले १५ जना योद्धाहरूलाई सम्मान गर्दै
-
चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप