एक अर्ब ३५ करोड जनसंख्या भएको देशमा सवा लाखमात्र संक्रमित– भारतीय स्वास्थ्यमन्त्री
एजेन्सी । भारतीय स्वास्थ्यमन्त्री डा.हर्ष वर्धनले एक अर्ब ३५ करोड जनसंख्या रहेको भारतमा कोरोना भाइरसका जम्मा १ लाख २५ हजार मात्र संक्रमित भएको बताएका छन् ।
उनले भने– ‘आज हामीकहाँ तीन प्रतिशत मात्र मृत्युदर रहेको छ र सवालाख मात्र कोरोना भाइरसका संक्रमित रहेका छन् । विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्डको अध्यक्षको कार्यभार सम्हालेपछि आज सम्बोधन गर्दै उनले सो जानकारी दिएका हुन् ।
उनले भारतले कोभिड–१९ को नियन्त्रण र रोकथामका क्षेत्रमा प्रभावकारी रुपमा काम गरिरहेको जानकारी पनि सो अवसरमा दिएका छन् । उनले भारतमा कोरोना भाइरसका संक्रमितहरुको निको हुने दर ४० प्रतिशतभन्दा बढी रहेको जानकारी दिँदै यसलाई सकारात्मक रुपमा लिनुपर्ने पनि बताए ।
उनले भने– ‘भारतमा निको हुने दर ४० प्रतिशत भन्दा बढी छ र यहाँका संक्रमितहरुको संख्या पनि १३ दिनपछि मात्र दोब्बर हुने गरेको छ ।’ भारतले कोभिड १९ का विरुद्धमा प्रभावकारी रुपमा काम गरिरहेको जानकारी दिए । उनले आगामी दिनमा अझै थप सतर्कता लिएर प्रभावकारी रुपमा काम गर्ने पनि बताए । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा