प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ प्रयोगमा थप कडाइ गरिने
शनिबार, १० जेठ २०७७, १३ : ०३
विराटनगर । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को पूर्णरुपमा पालना गराउने निर्णय गरिएको छ । सामाजिक विकास मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सो ऐनलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गराउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिए ।
कोरोना भाइरसको जोखिम हुन नदिन पनि सो ऐनलाई प्रभावकारी कार्यान्वयन गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रणमा पूर्णरुपमा पालना गराउने निर्णय भएको उनले बताए । प्रदेश सरकार मन्त्रिपरिषद्ले गत माघ १३ गते प्रदेशलाई सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रणयुक्त बनाउने निर्णय गरेको थियो ।
सो मन्त्रालयले सरोकारवाला पक्षसँगको समन्वय र सहकार्यमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाउपाभित्रको कलहका बिच कैलाश चौधरी कसरी बने भौतिक मन्त्री ?
-
सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भएको छः रामशङ्कर यादव
-
२०२६ सम्म सलमान खानको ग्रह खराब छ : ज्योतिष
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर