शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संविधान संशोधनको विषयमा काँग्रेस र जसपाबीच छलफल हुँदै

शनिबार, १० जेठ २०७७, ११ : ४७
शनिबार, १० जेठ २०७७

काठमाडौंँ – सरकारले गर्न लागेको संविधान संशोधनको विषयमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालबीच बूढानीलकण्ठमा छलफल भइरहेको छ ।

सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्नका लागि संविधान संशोधन हुन लागेको छ । सोही संशोधनमा मधेसी लगायत अन्य समुदायले माग गरेको संविधान संशोधनलाई पनि समावेश गराउने विषयमा दुई दलबीच छलफल भइरहेको बताइएको छ ।

जसपा नेपालले प्याकेजमै संविधान संशोधनका लागि सरकारलाई आग्रह गरेको छ ।

मधेसी दलहरुले लामो समयदेखि संविधान संशोधनको माग राख्दै आएका छन् ।

 संविधान संशोधनको विषयमा सरकारसँग पटक पटक सहमति भए पनि हालसम्म संशोधन नभएको दावी मधेसी दलको छ ।

यसपटक सरकारले नक्साको विषयलाई लिएर संविधान संशोधन गर्न लागेको छ । त्यसमा दुई तिहाई बहुमतका लागि काँग्रेसलगायत अन्य दलको पनि आवश्यकता पर्न सक्छ त्यसैले मधेसवादी दलले काँग्रेससँग छलफल गरिरहेको बताइएको छ ।

साथै बैठकमा सरकारले जारी गरेको नक्साका कारण उत्पन्न परिस्थितिको विषयमा पनि दुई दलको बीचमा छलफल हुने बताइएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप