शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महामारी सुरु भएयता चीनमा पहिलो पटक नयाँ कोरोना संक्रमित फेला परेन

शनिबार, १० जेठ २०७७, १० : २५
शनिबार, १० जेठ २०७७

शुक्रबार (मे २२ मा) चीनमा कोरोनाभाइरसका नयाँ संक्रमित फेला परेनन् । गत वर्ष ऊहानबाट महामारी सुरु भए यता चीनमा थप नयाँ संक्रमित फेला नपरेको यो पहिलो अवसर हो ।

राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले शनिबार एक वक्तव्य जारी गर्दै बिहीबार ४ नयाँ संक्रमित भेटिए पनि शुक्रबार कुनै पनि नयाँ संक्रमित फेला नपरेको जनाएको हो । यद्यपि, दुई शंकास्पद केसहरु भने फेला परेका छन् । यसमा एक सांघाईमा बाहिरबाट आएका र उत्तरपूर्वी जिलिन प्रान्तमा स्थानीय स्तरमा सम्भावित संक्रमित रहेका छन् ।

लक्षण नभएकाहरु पनि अघिल्लो दिनको तुलनामा ३५ बाट २८ मा झरेको एनएचसीले जनाएको छ ।

गत मार्च यता चीनमा कोरोनाभाइरस संक्रमितको संख्यामा व्यापक गिरावट आएको छ । देशभर लागू गरिएको लकडाउनले चीनलाई भाइरसको संक्रमण नियन्त्रण गर्न सहज बनेको थियो ।

तर, पछिल्लो समय बाहिरबाट आएकाहरुमा भने चीनमा संक्रमण देखिएको छ । त्यस्तै, उत्तरपूर्वी जिलिन र हिइलोङजियाङ नयाँ क्लस्टरहरु फेला परेका थिए ।

हालसम्म देशमा भाइरसको संक्रमणबाट ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् । विश्वभर यसबाट ३ लाख ३५ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

स्रोत : अलजजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप