शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायत प्रवेशमा कडाइ, १ हजार पाउण्डसम्म जरिवाना

शनिबार, १० जेठ २०७७, ०८ : ३२
शनिबार, १० जेठ २०७७

लण्डन – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण गर्न बाहिरबाट बेलायत प्रवेश गर्नेहरुले अनिवार्य रुपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम बेलायत सरकारले लागू गरेको छ । 

आगामी जुन ८ तारिखबाट उक्त नयाँ नियम लागू गरिनेछ । बेलायत सरकारकी गृहमन्त्री प्रिती पटेलले शुक्रबारको दैनिक कोरोना ब्रिफिङमा सो कुराको जानकारी गराएकी हुन् । 

सरकारको नयाँ नीतिको उलंघन गर्नेलाई १ हजार पाउण्डसम्म जरिवाना गर्नुका साथै अन्य देशका नागरिकलाई प्रवेशमा समेत रोक लगाउन सकिनेछ । 

बेलायतभित्र प्रवेश गर्ने क्रममा यात्रुहरुले ‘बोर्डर फोर्स’ लाई आफू क्वारेन्टाइनमा बस्ने घर, होटल अन्य जुनसुकै ठाउँको भएपनि पूरा ठेगाना उपलब्ध गराउनुपर्नेछ । 

१४ दिनभित्रको अवधिभित्र कुनै पनि समयमा उनीहरु बसेको ठाउँमा निरीक्षणको गरिने र नियमको पालना नगरिएको पाइएमा कारबाहीको भागिदार हुनुपर्नेछ । यसरी क्वारेन्टाइमा बसेको व्यक्तिले कुनै पनि सार्वजनिक यातायातको प्रयोग गर्न पाउने छैनन् । 

साथै, उनीहरु किनमेलको लागि पनि बाहिर निस्कन पाउने छैनन् । यदि कसैको बस्ने स्थानको ठेगान नभएमा सरकारद्वारा तोकिएको स्थानमा बस्नुपर्नेछ तर त्यसको खर्च स्वयंले व्यहोर्नुपर्ने बोर्डर फोर्स प्रमुख पौल लिंकोल्नले बताएका छन्  । 

तर, स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्सले आफ्नो छुट्टै व्यवस्था लागू गर्न सक्नेछन् ।

तर, बेलायतको आयरल्याण्ड, द च्यानल आएरल्याण्ड, र द आयल्स अफ म्यान बाट बेलायत भित्रनेका लागि भने १४ दिनको क्वारेन्टाइनको नियम लागू हुनेछैन । यसैगरी, लरी ड्राइभर, सिजनल फार्मका कामदार तथा कोरोना भाइरससम्बन्धी स्वास्थ्यकर्मीका हकमा पनि सो नियम नलाग्ने गृहमन्त्री पटेलले बताएकी छिन् । 

प्रत्येक तीन हप्तामा नयाँ नियमको समिक्षा गरेर अगाडी बढ्ने यसअघि नै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप