भक्तपुरमा महिला जनप्रतिनिधिलाई कोरोना संक्रमण भएपछि...

भक्तपुर – एक महिला जनप्रतिनिधिलाई नै कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुर नगरपालिका उच्च सर्तकता अपनाइएको छ ।
भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलामा संक्रमण पुष्टि भएको हो ।
भक्तपुर नगरपालिका–९ का ४२ वर्षीया महिला जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको सोही वडाका वडाअध्यक्ष रविन्द्र ज्याख्वाले रातोपाटीलाई जानकारी दिएका छन् ।
वडाअध्यक्ष ज्याख्वाले भने, ‘उहाँको पीसीआर रिपोर्टमा पोजेटिभ आएको छ, हामीले उहाँको टोल वरपर सिल गर्ने तयारी गरेका छौं ।’
उनी उपत्यकाबाहिर पनि नगएको र कसरी संक्रमण भयो भन्ने अन्योलमा रहेको समेत वडा अध्यक्षले बताएका छन् ।
संक्रमितलाई शुक्रबार राति नै पाटन अस्पताल लगिएको छ भने परिवारको अन्य सदस्यलाई निगरानीमा राखिएको छ । उनीहरुको समेत परिक्षण गर्ने तयारी भइरहेको वडा अध्यक्षले बताए ।
वडा अध्यक्षलगायतका अन्य जनप्रतिनिधि भने क्वारेन्टाइनमा बसेका छन् ।
शुक्रबार २९ जना जनप्रतिनिधिको रिपोर्ट आएको थियो जसमा २८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने एक जनाको मात्र रिपोर्ट पोजेटिभ आएको थियो ।
महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले संक्रमित जनप्रतिनिधिको घर, टोलमा सिल गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता