विदेशमा मृत्यु भएका १४९ नेपालीको शव अझै अलपत्र, कुन देशमा कति ? (तथ्याङ्कसहित)
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा मृत्यु भएका नेपालीहरुको अन्त्येष्टि सम्बन्धित देशमै गरिने भएको छ । वैदेशिक रोजगार बोर्डले एक सूचना जारी गरी आज सो कुराको जानकारी दिएको हो । बोर्डले मृतकको शव सम्बन्धित मुलुकमा नै अन्त्येष्टि गर्न केही मृतक श्रमिकका परिवारले सहमति समेत प्रदान गरिसकेको जानकारी दिएको छ ।
मृतक श्रमिकका ५८ परिवारले सम्बन्धित मुलुकमा नै शव अन्त्येष्टि गर्न सहमति प्रदान गरिसकेको बोर्डले जनाएको छ । विश्वभर कोरोना महामारी फैलिएसँगै खाडीका विभिन्न देश लगायत अन्य मुलुकमा वैदेशिक रोजगारका क्रममा मृत्यु भएका २०७ जनाको शवमध्ये ५८ जनाको अन्त्येष्टि सम्बन्धित देशमै गरिएपनि लकडाउनका कारण १४९ जनाको शव सम्बन्धित मुलुकमा नै अलपत्र छन् । जसमा १९५ पुरुष र १२ जना महिलाहरु रहेका छन् ।
तीमध्ये १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ । कोरानाबाट युएईमा ५ जना, साउदीमा ३, कतारमा १ र टर्कीमा १ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र
-
मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत
-
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
-
विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ
-
आईपीएलमा आज : ईकाना स्टेडियममा पहिलो पटक एकअर्कालाई हराउने धुनमा लखनउ र चेन्नई
-
रासायनिक मल काठमाडौँ ढुवानी