कोरोना संक्रमणबाट मृत्यु भएका शिक्षकको गाउँमा परीक्षण गरे जतिको रिपोर्ट नेगेटिभ
गुल्मी । कोरोना संक्रमणको रिर्पोट पोजिटिभ आएको र उपचारका क्रममा रुपन्देहीको क्रिमशन अस्पतालमा विहिबार मृत्यु भएका गुल्मीका शिक्षकको गाउँका परिक्षण गराए जति सबैको रिर्पोट नेगटिभ आएको छ ।
शिक्षकको गाउँ मदाने गाउँपालिका वडा नम्वर ५ पुर्कोटदह पुगेर स्वास्थ्य कार्यालय गुल्मी र प्रदेशको टोलीले ती शिक्षकका परिवार, उनले सुरुमा परिक्षण गराएको स्वास्थ्य संस्था , र उनी संग सम्पर्कमा रहेका ३० जनाको स्वाब संकलन गरि प्रयोगशालामा पठाएको थियो ।
ती मध्ये ५ जनाको परिक्षण गर्न बाँकी रहेको र परिक्षण भई सकेका २५ जना सबैको रिर्पोट नेगटिभ आएको त्यस कार्यालयका प्रमुख डाक्टर भवानी प्रसाद शर्माले जानकारी दिए । ति शिक्षकको घरमा मजदुरी गर्ने पाँच जना दोश्रो चरणको परिक्षणमा परेका छन् ।
त्यस घरका परिवार , डेरा गरि बस्नेहरु , उनलाई स्वास्थ्य उपचार गराएका स्वास्थ्यकर्मी सहित २५ जनाको रिर्पोट नेगेटिभ आए पछि मदाने गाउँपालिका परिवारले खुशी प्रकट गरेका छन् ।
आफु सबै जनाको नेगटिभ रिर्पोट आउनेमा बिश्वास रहेको त्यस गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए ।
उता सन्धीखर्कस्थित ती शिक्षकले दोश्रो पटक उपचार गराएको छाया पोलिक्लिनकका पनि सबै जना स्वास्थ्यकर्मीको रिपोर्ट बिहीवार नेगटिभ आइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा