मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैंकको सीएसआर कार्यक्रमः ट्राफिक प्रहरीलाई सेनिटाइजर सहयोग

शुक्रबार, ०९ जेठ २०७७, १७ : २६
शुक्रबार, ०९ जेठ २०७७

काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल ट्राफिक प्रहरीलाई कोरोना संक्रमित घडीमा १०० लिटर सेनिटाइजर सहयोग स्वरूप प्रदान गरेको छ । 

कोरोना महामारीको संकटदायी घडीमा अत्यावश्यक सेनिटाइजर रामशाहपथ स्थित महानगर पुलिस कार्यालयमा एक समारोहबीच बैंकले हस्तान्तरण गरेको छ । 

उक्त कार्यक्रममा कुमारी बैंकका तर्फबाट अनुषा शाक्यले काठमाडौं महानगर प्रहरीका एसएसपी भीम प्रसाद ढकाललाई सेनिटाइजर हस्तान्तरण गरिन् ।

कोरोना महामारी एवं विपदको समयमै न्यूनीकरण एवं नियन्त्रणका लागी नेपाल सरकारको राहत कोषमा योगदान, स्थानीयस्तरमा निम्नस्तरका महामारी प्रभावित वासिन्दालाई राहत–वितरण जस्ता गतिविधिहरू आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले वहन गर्दै आएको छ ।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई आफ्ना देशव्यापी शाखा र एटिएम मार्फत निरन्तर बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप