बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर एक युवकको मृत्यु

शुक्रबार, ०९ जेठ २०७७, १६ : ५९
शुक्रबार, ०९ जेठ २०७७

रौतहट । रौतहटको देवाही गोनाही नगर क्षेत्रमा करेन्ट लागेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी अर्का एक युवक गम्भीर घाइते भएका छन् ।

देवाही गोनाही ६ का राम अयोध्या ठाकुरको आँगनमा ट्युबवेल गाड्ने क्रममा फलामको पाइपले तार छुन पुग्दा कटहरिया नगरपालिका ६ हरि सहनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी सोही ठाउँका छोरा मोति सहनी गम्भीर घाइते भएका छन्  । घाइते सहनीको प्राथमिक स्वास्थ केन्द्र कटहरियामा उपचार भैरहेको छ । 
घटनापछि ट्युबवेल जडान गराउने ठेकदार कटहरिया ६ फतेपुरका जावेद मियाँ फरार भएका छन् । 

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले स्थलगत मुचुल्का तयार भएपछि मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको र घटनाबारे अनुसंधान भइरहेको जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप