शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाकालमा क्रिकेट – हात धुन पनि ब्रेक, बल चम्काउन थुक र पसिना प्रयोग निषेध

शुक्रबार, ०९ जेठ २०७७, १५ : ४७
शुक्रबार, ०९ जेठ २०७७

कोरोना भाइरस महामारीका बाबजुद आजबाट पूर्वी क्यारेबियन देश सेन्ट भिन्सेन्ट र द ग्रेनेडाइन्समा भिन्सी प्रिमियर टी १० लिग प्रतियोगिता  (विपिएल) सुरु हुँदैछ । 

यो ३१ मईसम्म खेलिनेछ । यस प्रतियोगितामा दर्शक पनि खेल हेर्नका लागि आउन पाउनेछन् ।

प्रतियोगितामा सबै ६ टिमले १० दिनमा २८ खेल खेल्नेछन् । हरेक दिन ३ म्याच खेलिनेछ ।  फ्यानकोड एपमार्फत नेपाली समयअनुसार साँझ ६ बजेर १५ मिनेट जाँदा खेलको प्रत्यक्ष प्रशारण सुरु हुनेछ ।

६ वटा टोलीबाट खेल खेलमा ७२ जना खेलाडी सहभागी छन् । यसका लागि ११ मेइमा लिलामी प्रक्रिया टुंगिएको थियो । लिगमा वेस्टइन्डिजका  सुनिल अम्बरीस, केसरिक विलियम्स र ओबेड म्याकाय समेत ६ अन्तर्राष्ट्रिय खेलाडी सहभागी हुनेछन् । 

कोभिड–१९ महामारीका कारण प्रतियोगितामा बललाई चम्काउनका लागि थुक र पसिनाको प्रयोगमा प्रतिबन्ध हुनेछ । भर्खरै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्रिकेटमा थुकको प्रयोगमा रोक लगाउन सिफारिस गरेको थियो । 
प्रतियोगितामा सबै टिमका लागि अलग्गै ड्रेसिङ रुमको व्यवस्था हुनेछ । आयोजक सेन्ट भिन्सेन्ट तथा ग्रेनेडाइन्स क्रिकेट एशोसियसन (एसभिजिए) का अध्यक्ष किशोर शालोका अनुसार  खेलाडीलाई हात सेनिटाइज गर्नका लागि छोटो ब्रेकको व्यवस्था हुनेछ । यद्यपी, खेलाडीले खेलका दौरान समर्थकसँग भेट्न भने पाउने छैनन् । 
 

शालोका अनुसार दर्शकमाथि रंगशाला छिर्न प्रतिबन्ध छैन । तर उनीहरुलाई टाढाटाढा राख्ने व्यवस्था मिलाइएको छ । ‘कोरोना भाइरस फैलिरहेको समय यो म्याच भइरहेको छ । यस्तोमा रंगशालामा धेरै दर्शक आउने आशा छैन । हामीले आएका दर्शकहरुलाई टा–टाढा राख्ने व्यवस्था गरेका छौं,’ शालोले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप