बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट फर्किएका १५ जनामा आरडीटी पोजेटिभ

शुक्रबार, ०९ जेठ २०७७, १५ : २३
शुक्रबार, ०९ जेठ २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका १५ जनामा आरडीटी विधिबाट परीक्षण गर्दा कोभिड–१९ पोजिटिभ देखिएको छ । 

तीन दिनयता ३ हजार २५५ नेपाली भारतबाट नेपाल प्रवेश गरेको भएपनि किटको अभावमा ६७० जनाको मात्र आरडीटी परीक्षण गरिएको थियो ।

 परीक्षण गरिएकामध्ये १५ जनामा आरडीटी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालसिह धामीले जानकारी दिए ।

पोजेटिभ देखिएकाको पीसीआर चेकजाँच हुदैछ । अहिले उनीहरुलाई सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको धामीले बताए । अन्यको भने आरडीटी किटको अभावमा  चेकजाँच नगरी सम्बन्धित जिल्लाको स्थानीय तहको जिम्मा लगाइएको उनले बताए ।

भारतबाट धमाधम नेपाली नागरिक नेपाल प्रवेश गर्न थालेपछि यो प्रदेशमा कोभिड–१९ को जोखिम बढ्न सक्ने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीको भनाइ छ ।

 हजारौँको संख्यामा नेपालीहरु भारतवाट सीमा नाका हुँदै नेपाल प्रवेश गर्न थालेपछि कोभिड–१९ को जोखिम बढ्ने होकी भन्ने चिन्ता हुन थालेको उनले बताए । 

 तीन दिनयता मात्रै कैलालीको त्रिनगर भन्सार नाका हुँदै ३ हजार २५६ नेपाली भारतबाट नेपाल प्रवेश गरेको उनले बताए । 

यसरी दिनहुँजसो नेपाली नेपाल प्रवेश गर्न थालेपछि सामान्य चेकजाँच र व्यवस्थापनमा कठिनाइ हुन थालेको उनले बताए । 

भारतमा कोभिड–१९ को संक्रमण बढ्न थालेपछि सीमा नाकामा भारतबाट घर फर्कने नेपालीको भीड लाग्ने गरेको उनले बताए ।  
कैलालीमा हाल करिब ६ सय जतिमात्र किट मौज्दात रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । प्रदेशका अन्य जिल्लाहरुमा पनि केही किट मौज्दात रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप