ऋषि कपुर र इरफान खानबारे आपत्तिजनक ट्वीट गरेर फसे यी नायक, एफआइआर दर्ता

बलिउडका दिवंगत नायक ऋषि कपुर र इरफान खानमाथि आपत्तिजनक ट्वीट गरेको विषयमा नायक तथा निर्माता कमाल आर खानविरुद्ध एफआइआर (फर्स्ट इन्फर्मेशन रिपोर्ट) दर्ता भएको छ । नायकविरुद्ध उपनगरीय क्षेत्र बान्द्रामा बुधबार एफआइआर दर्ता गरिएको छ । कमाल खार खानविरुद्ध यो एफआइआर युवा सेनाको कोर कमिटी सदस्य राहुल कनलले दर्ता गरेका हुन् । वास्तवमा अप्रिल २९ मा ऋषि कपुर अस्पतालमा भर्ना भएको खबर सार्वजनिक भएको थियो । त्यसपछि कमाल खार खानले एक–एक गरी दिवंगत अभिनेताविरुद्ध ट्वीट गर्न सुरु गरे ।
ऋषि कपुर अस्पताल भर्ना भएको खबरबारे कमालले ट्वीट गर्दै लेखे, ‘ऋषि कपुरलाई अस्पताल भर्ना गरिएको छ । म उनलाई यत्ति मात्र भन्न चाहन्छु कि सर ठिक भएर फिर्ता हुनुहोस् । बाहिर ननिस्कनुहोस् किनभने रक्सी पसल २–३ दिन पछि मात्रै खुल्नेछ ।’
उनको यस्तो ट्वीटपछि सोसल मिडिया प्रयोगकर्ताले उनको निकै आलोचना गरेका थिए ।
यसअघि कमालले दिवंगत अभिनेता इरफान खानविरुद्ध पनि अपमानजनक भाषा प्रयोग गर्दै ट्वीट गरेका थिए । इरफान खानकी आमा सईदा बेगमको निधनको खबरबारे उनले ट्वीटमा भनेका थिए, ‘इरफान खानलाई पाप लागेको हो त्यसैले त उनी क्यान्सरसँग जुधिरहेका छन् र उनकी आमाको निधन भएको छ ।’
उनको यो ट्वीट पछि कमाल सोसल मिडिया प्रयोगकर्ताको निशानामा आए तसर्थ उनले पछि आफ्नो ट्वीट डिलिट गरिदिए ।
यद्यपि, उनका भद्दा ट्वीटको सिलसिला यत्तिमा मात्रै सिमित भए । उनले अन्य थुप्रै आपत्तिजनक ट्वीट गरे जसका कारण सोसल मिडिया प्रयोगकर्ताले उनको अकाउन्ट सस्पेन्ड गर्ने माग गरकेका थिए ।
स्रोतः न्यूज18
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ