बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने मन्त्रिपरिषदको निर्णय

शुक्रबार, ०९ जेठ २०७७, १२ : ४९
शुक्रबार, ०९ जेठ २०७७

काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेको हो ।

नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने ठहरसहित यस्तो निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जनाकारी दिए ।

प्रधानमन्त्रीले गत मंगलबार संसदमा संविधान संशोधनका लागि प्रस्ताव ल्याइने बताएका थिए । अहिलेको निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश नभएकाले संविधान संशोधन गर्नुपर्ने भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप