शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपिलवस्तुमा २ सञ्चारकर्मीसहित नौ जना कोरोना संक्रमित थपिए

शुक्रबार, ०९ जेठ २०७७, १२ : ४८
शुक्रबार, ०९ जेठ २०७७

कोरोना ईपिसेन्टर बनेको प्रदेश ५ मा सुरक्षाकर्मीदेखि सञ्चारकर्मीसम्म कोरोना संक्रमित बनेका छन् । अन्य प्रदेशको तुलाना ढिला कोरोनासंकमण देखिएको प्रदेश ५ मा कपिलवस्तुमा सुरक्षाकर्मी, नर्स हुँदै आज सञ्चारकर्मीलाई पनि कोरोना लागेको पुष्टी भएको छ । कपिलवस्तुमा दुई सञ्चारकर्मीसहित नौ जना कोरना संक्रमित  थपिएका छन् । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६९ पुगेका छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार बिहान पुष्टि गरेका कपिलवस्तका नौ जनामध्ये बाणगंगा नगरपालिकाका ५, मायादेबी गाउँपालिका ३ र कपिलवस्तु नगरपालिकाका एक जना हुन । 

जिल्लाका ४ सुरक्षाकर्मी, एक स्टाफ नर्स, २ कर्मचारीहरु यस अघि नै जिल्लामा संक्रमति भेटिएका थिए । कपिलवस्तु नगरपालिका– ३ का २९ वर्षीय पुरुष र बाणगंगा नरपालिका– १० का २४ वर्षीय पुरुष गरी दुई जना सञ्चारकर्मीमा कोरोना पुष्टि भएको पत्रकार महासंघका जिल्ला सभापति डिलारमा भुसालले बताए ।

 २९ वर्षीय पुरुष एक अनलाईनमा र २४ वर्षीय पुरुष स्थानीय टेलिभजनमा क्यामेरामेनका रुपका कार्यरत छन् । दुवै  जना लकडाउनका बेला स्थलगत रिपोटिङकाक्रममा संक्रमित भएको हुन सक्ने अध्यक्ष भुसालले बताए ,।

दुबै जना आफनै घरमा परिवारसंगै. बस्दै आएका छन । दुवैले बाणगंगा नगरपालिको सिद्धार्थ क्याम्समा गएर स्बाव दिएका थिए ।

जिल्लामा ढेट दर्जन पत्रकारको पिसिआर परिक्षण गरिएको भुसालले बताए । वाणगंगा नगरपालिकामा वडा नं ७ का ५३ वर्षीय, वडा नं. ५ बर्ष २७ वर्षीय, वडा नं. १० वर्ष २५ वर्षीय, वडा नं. ८ २४ वर्षीय पुरुष संक्रमित रहेका छन् ।

यस्तै वडा नं. ४ की ८ वर्षीया बालिकामा पनि कोरोना देखिएको छ । ति मायादेवी गाउँपालिका वडा नं. ४ का ४५ वर्षीय, वडा नं. ५ का ३४ वर्षीय र ३६ बर्षीय दुई जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय अनुसार बाण्गंगामा भेटिएका मध्ये ३ जना सिद्धार्थ क्याम्स बुङचीको क्वारेन्टाइनमा बसेका व्यक्ति हु्न । भारतको मुम्बईबाट बैशाखको चौथो साता फर्के पछि उनीहरुलाई कवारेन्टीनमा राखिएको छ ।

वडा नम्बर ४ ठकुरापुरमा भेटिएकी ८ बवर्षया संक्रमित बालिका हन् । यस अघि  सोही गाउकी ६ बर्षिया बालिकामा कोराना देखिएको थियो ।

उता मायादेबी गाउँपालिकामा कोरोना पुष्टी भएका ब्यक्तिहरु भारतको मुम्बैबाट दुई साता अघि फर्कर क्वारेन्टीनमा बस्दै आएका छन । तिनै जनको आरटिडी समेत पोजेटिभ देखिएको गाउपालिकाका स्वा्र्रस्थय संयोजक महेन्द्र प्रसाद यादवले बताए । शुक्रवार बिहान संक्रमित पुष्टि भएका नौ जना मै कोरोनाको कुनै लक्षण नदेखिएको र उनीहरुको स्वास्थय अवस्था सामान्य रहेको स्वास्थय कार्यालयले जनाएको छ । शुक्रवार संक्रमित पुष्टी भएसंगै बाणगांगामा ५, मायादेबीमा १२ र कपिलवस्तु नगरपालिकामा संक्रमितको संख्या १० पुगेका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप