शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फर्निचर उद्योगमा आगलागी, १६ लाखको क्षति

शुक्रबार, ०९ जेठ २०७७, ०९ : ०४
शुक्रबार, ०९ जेठ २०७७

 जुम्ला । जुम्लाको हिमा गाउँपालिका वडा नम्वर ३ मोफ्लामा रहेको राहदेव फर्निचर उद्योगमा आगलागी भएको छ । 

आगलागीबाट फर्निचर उद्योगमा जडान गरिएको विद्युत सर्ट भएर आगलागी भएको सञ्चालक हुकुम सार्कीले जानकारी दिए ।

आगलागीबाट १६ लाख ११ हजार ३ सय रुपैँया बराबरको क्षति पुगेको छ । 

आगलागी भएपछि बड्की प्रहरी चौकी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । फर्निचर उद्योगमा रहेका मेशिन,फर्निचरमा प्रयोग हुने कच्चा पदार्थ लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप