श्रीलङ्कामा पैसा बाँड्ने क्रममा तीनजनाको मृत्यु
शुक्रबार, ०९ जेठ २०७७, ०६ : ५७

श्रीलङ्काको राजधानी कोलम्बोमा पैसा बाँड्ने क्रममा भएको भागदौडमा तीनजनाको मृत्यु भएको छ जबकी आठ जना घाइते भएका छन् ।
एक व्यापारीले आफ्नो गोदाममा कोरोना भाइरस महामारीका कारण समस्याको सामना गरिरहेकाहरुलाई पैसा बाँडिरहेका थिए । त्यतिबेला त्यहाँ सयौं व्यक्ति जम्मा भएका थिए ।
पुलिसका अनुसार ती व्यापारीले आफ्नो योजनाबारे कुनै जानकारी दिएका थिएनन् र आफू खुसी यस्तो गर्न कसैलाई पनि अनुमती थिएन । पैसा बाँड्ने ६ व्यक्तिलाई पक्राउ गरिएको छ ।
केही रिपोर्टका अनुसार व्यापारी मुस्लिम हुन् र रमजानको महिनाको समाप्तिका बेला ईदका लागि दान गरिरहेका थिए ।
श्रीलङ्कामा कोरोनाभाइरसका १ हजार ४५ संक्रमित छन् जबकी हालसम्म ९ जनाको मृत्यु भएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेखर कोइरालाको आरोप– देश एमालेकरण भएका कारण अर्थतन्त्र धराशायी बन्दै गयो
-
आन्दोलनरत चिकित्सक र मन्त्रालयबिच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
-
चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
-
गोरु तस्करी प्रकरणमा भइरहेका छानबिनमाथि प्रदेश प्रहरी कार्यालयले निगरानी गर्दै
-
राजेशकाशी श्रेष्ठको ‘व्यक्तित्व योगदान’ पुस्तक लोकार्पित
-
पूर्वराजाको आह्वानले जनता सडकमा उत्रिन सक्ने अवस्था निम्तिएको छ : अध्यक्ष थापा