साउदी अरबमा कोरोना संक्रमणबाट ७ नेपालीको मृत्यु
युएई । कोरोना भाइरसबाट साउदी अरबमा ७ नेपालीको मृत्यु भएको छ। बिहीबारसम्म कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको हो । कोरोनाबाट १ हजार ३ सय ६४ नेपाली संक्रमित भएका छन् भने संक्रमित हुने महिलाको संख्या १७ पुगेको छ ।
संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा २ सय ९९ जना, पूर्वी क्षेत्रमा ६ सय ९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्र ३ र दूतावासले हेर्ने क्षेत्रमा १ हजार १६ जना संक्रमित भएका छन् । त्यस्तै जेद्दा क्षेत्रमा १७६, मक्कामा ६५, मदिनामा ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना गरी ३४८ जना संक्रमित भएका दूतावास रियादले जनाएको छ।
कोरोना भाइरसको बढ्दो संक्रमण, साउदी सरकारले लगाएको कर्फ्यु र अन्य नियमलाई मध्यनजर गर्दै नेपाली दूतावासले साउदीमा रहेका विभिन्न क्रियाशील संघ–संस्थाको सहकार्यमा खाद्यान्न र सामान्य मेडिसिन उपलब्ध गराउँदै आएको छ भने स्वास्थ्य परामर्शको लागि २ नेपाली डाक्टरको व्यवस्था गरेको छ । अहिलेसम्म साउदी अरबमा कोरोना भाइरसको संक्रमणबाट ६५ हजार ७७ जना संक्रमित भएका छन् भने ३ सय ५१ जनाले ज्यान गुमाइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ