जुम्लामा टेलिफोनबाटै विशेषज्ञ सेवा
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा हुने भीडभाड कम गर्न टेलिफोनबाटै ओपीडी विशेषज्ञ सेवा सुरु गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले उपचार सहज बनाउन टेलिफोन विशेषज्ञ सेवा सुरु गरिएको हो ।
अस्पतालमा आउन नपर्ने र नसक्ने बिरामीका लागि यो सेवाको सुरुवात गरिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।
‘अस्पतालले ओपीडी सेवामा हुने भीडभाड कम गर्न टेलिफोनमार्फत विशेषज्ञ सेवा सुरु गरेको हो,’ उनले भने, ‘अस्पतालमा पनि ओपीडी सञ्चालन गरिरहेका छौं, तर सामान्य बिरामीहरु अस्पताल आउन नपरोस् भनेर यो सुविधा सुरु गरिएको हो ।’ नेपालका अन्य कुनै अस्पतालले यस्तो सेवा सुरु नगरेको उनको दाबी छ ।
अस्पतालमा इमरजेन्सी, ओपीडी र शल्यक्रिया सेवा उपलब्ध छ । प्रतिष्ठानका कार्यरत कर्मचारी, बिरामी र समुदायको सुरक्षाका लागिसमेत यो सेवा प्रभावकारी हुने उनको भनाइ छ ।
हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. पुजनकुमार रोकायाले बिहान ८ बजेदेखि १० बजेसम्म मोबाइल फोनबाट बिरामीलाई सेवा दिने जानकारी दिए ।
प्रतिष्ठानका अनुसार मेडिसन विशेषज्ञ डा.धीरज गुरुङ बिहान ११ देखि ४ बजेसम्म, बालरोग विशेषज्ञ डा. निराजना कास्यले बिहान १० देखि १२ बजेसम्म, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. राजीव साहले बिहान १० देखि १२ बजेसम्म सेवा दिनेछन् ।
सर्जरी विशेषज्ञ डा.सूर्यमान लिम्बु र इमेरजेन्सी हटलाइका लागि डा.सिद्धार्थध्वज खातीले भने २४ सै घण्टा सेवा दिने अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै
-
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
-
रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच
-
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा : कमल थापा