शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जोखिम बढेसँगै जुम्ला बजारमा थप कडाईँ

बिहीबार, ०८ जेठ २०७७, २१ : १८
बिहीबार, ०८ जेठ २०७७

 जुम्ला । विश्वभर महामारीको रुपमा फैलिएकाले  कोराना भाइरस नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले थप कडाइ गरेको  छ । प्रशासनले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा   जुम्ला बजारमा प्रवेश  निषेध गर्ने बताएको  छ ।  

बाहिरबाट आउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको र  लकडाउनको समयमा  भिडभाड बढेको भन्दै प्रशसानले  बिहीबारबाट कडाइ गरेको हो । कोरोनाको  जोखिम न्युनिकरण गर्नका लागी जुम्लामा अत्यावश्यक बहेकका पसल खोलिएको र मानिसहरु अत्यावश्यक  वस्तु किनमेल गर्ने बाहानामा बढी भिडभाड हुने गरेका कारण बिहीबारबाट  थप कडाइ  गर्ने भएको छ ।

लकडाउन  पूर्ण कार्यान्वयन नभएपछि स्थानीय प्रशासनले थप सुरक्षा ब्यवस्था कडा गर्ने भएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले  कोरोनाको रोगथामको लागि उच्च सतर्कता अपनाउनु नागरिकको दायित्व भए पनि नागरिकहरु मास्क बिना हिड्डुल गर्ने  जस्ता कार्य गरेकोले  बिहीबारदेखि खाद्यन्न लगायतका अत्यावश्यक बाहेकको पसल खोलिएको पाइएमा प्रशासनले  कारबाही गर्ने भएको छ ।

नागरिकलाई दैनिक  उपभोग्य वस्तु खरिदका लागी बजार खुल्ने  समय विहान ७ देखी ९ बजे र दिउँसो ४ देखी साँझ ६ बजे सम्म निर्धारण गरिएको छ । 

तर  नागरिकले  अटेरी  गरी सबै पसल खुलेपछि जुम्ला बजारमा भिडभाड बढेको भन्दै,प्रशासनले जुम्ला बजारमा कढाइ गरेको छ  ।प्रशासनले आम नागरिकलाइ अत्यावश्यक वस्तु खरिदका लागि  दुरी कायम गरी  कोरोनाबाट आफू पनि जोगिन र अरुलाई पनि जोगाउन सहयोग गर्न आग्रह गरेको छ । 

बाहिरवाट जिल्लामा भित्रिएका  व्यक्तिलाइ  एकिकृत क्वारेन्टाइनमा सुरक्षाकको निगरानीमा राखिएको छ ।

लकडाउन थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन दिएकाले बिहिबारदेखि जुम्ला प्रशासनले सुरक्षा व्यवस्था मजबुज परी  कठाइ गरिने बताएको छ । अत्यावश्यक काम बाहेक बजारमा आइपुग्ने सवारी साधन र व्यक्तिलाई  प्रवेश गरेको पाइएमा  सुरक्षा निकायले कडाई गर्ने भएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप