शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्वारेन्टाइनमा बसेकालाई समजसेवी खड्काले एक महिना खाना खुवाउने

बिहीबार, ०८ जेठ २०७७, २१ : १४
बिहीबार, ०८ जेठ २०७७

बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेकाहरुलाई स्थानिय समाजसेवी तथा होटल बिनायकका सञ्चालक बिष्णु खड्काले निःशुल्क सहयोग स्वरुप एक महिनासम्म खाना खुवाउने भएका छन् ।

बर्दिवास सेवा समितीको बहुउपयोगी भबनमा सञ्चालन गरिएको क्वारेन्टाइनमा बसेका नागरिकका लागि बसाई सहज बनाउन समजसेवी खड्काले आज सो सहयोगको घोषणा गरेका हुन् । एउटै हलमा १७ शैया राखेर निर्माण गरिएको क्वारेन्टाइनमा १५ जना बस्दै आएका छन् ।

नाम मात्रको यो क्वारेन्टाइनमा पोशणयुक्त खाना र खाजा तातोपानी लगायत सुरक्षित बसोवासको समेत राम्रो बयवस्था नहुँदा बसेकाहरुलाई सुरक्ष्ति हुनु भन्दा पनी अन्य रोगहरुको संक्रमणको त्रास बढन सक्ने जनगुनासो बढेपछि क्वारेन्टाइनमा बसेकाहरुका लागि सुरक्षित बसोवास र खानपान व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले सहयोग घोषना गरेको ब्यवसायी खड्काको भनाइ छ ।

उनले कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएका क्वारेन्टाइनमा बसेका १५ जनाकोलागी मास्क स्यानिटाईजर बिद्युतीय पानी तताउने उपकरण शुद्ध पिउने पानी र एक महिनाकालागी पोषणयुक्त खाना खाजा लगायतको व्यवस्थापन गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकाले भारत लगायत विभिन्न देशबाट नेपाल फर्किएका नागरिकहरुलाई क्वारेन्टाइनमा राखेर परीक्षण तथा निगरानी गरिरहेको छ । 

स्थानीय तहले संघीय सरकारको निर्देशन अनुसार कोरोना भाइरस (कोभिड-१९) संक्रमण हुन नदिन क्वारेन्टाइन स्थापना गरि नियन्त्रण तथा रोकथामको प्रयास गरिरहे पनी मपदण्ड अनुसार सञ्चालन नहुँदा संक्रमणको खतरा झन बढेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप