दार्चुलाको घाँटीबगरमा नेपाली सेना तैनाथ
काठमाडौं । दार्चुलाको घाँटीबगर क्षेत्रमा नेपाली सेना तैनाथ भएको छ । मन्त्रिपरिषदको गत वैशाख १४ गतेको बैठकले महाकाली करिडोर (दार्चुला टिंकर सडक योजना) अन्तरगत उत्तरीतर्फ रहेको ८७ कि.मि. सडक खण्ड नेपाली सेना मार्फत निर्माण गराउने निर्णय गरेको थियो । जसअनुसार घाँटीबगर इलाका नजिकको थी भन्ने स्थानमा नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको हो ।
सो सडक खण्ड अन्तरगत त्यहाँ तैनाथ सेनाले दार्चुलाको व्यास गाँउपालिका वडा नम्बर २ स्थित घाँटीबगर इलाकामा करिव २ मिटर चौडाईको ४५० मिटर गोरेटो–घोडेटो बाटो निर्माण गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सो बाटो निर्माण कार्यको लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त थप फौज, उपकरण एवं अन्य सामाग्रीहरु सहितको टोली शुक्रबार तैनाथ गर्ने योजना रहेको पनि सेनाले जनाएको छ ।
चीन र भारतको सीमा नाका समेत पर्ने दार्चुलाको व्यास १ मा पर्ने छाङरु र टिंकर गाउँका करिब १८२ घर परिवार सो बाटो निर्माणपछि लाभान्वित हुनेछन् । घाँटीबगर र मौरी भिर ईलाकामा पर्ने ४५० मिटर सडक खण्ड अविलम्ब सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिले सेनालाई जिम्मा दिने निर्णय गरेको थियो ।
सडक खण्ड सुचारु भए पश्चात स्थानीय बासिन्दाहरु नेपालकै भूमि प्रयोग गरी आवत जावत गर्न सक्नेछन् ।यसअघि उनीहरुलाई आउजाउका लागि भारतीय भूमि प्रयोग गर्नेपर्ने बाध्यता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण