दार्चुलाको घाँटीबगरमा नेपाली सेना तैनाथ
काठमाडौं । दार्चुलाको घाँटीबगर क्षेत्रमा नेपाली सेना तैनाथ भएको छ । मन्त्रिपरिषदको गत वैशाख १४ गतेको बैठकले महाकाली करिडोर (दार्चुला टिंकर सडक योजना) अन्तरगत उत्तरीतर्फ रहेको ८७ कि.मि. सडक खण्ड नेपाली सेना मार्फत निर्माण गराउने निर्णय गरेको थियो । जसअनुसार घाँटीबगर इलाका नजिकको थी भन्ने स्थानमा नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको हो ।
सो सडक खण्ड अन्तरगत त्यहाँ तैनाथ सेनाले दार्चुलाको व्यास गाँउपालिका वडा नम्बर २ स्थित घाँटीबगर इलाकामा करिव २ मिटर चौडाईको ४५० मिटर गोरेटो–घोडेटो बाटो निर्माण गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सो बाटो निर्माण कार्यको लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त थप फौज, उपकरण एवं अन्य सामाग्रीहरु सहितको टोली शुक्रबार तैनाथ गर्ने योजना रहेको पनि सेनाले जनाएको छ ।
चीन र भारतको सीमा नाका समेत पर्ने दार्चुलाको व्यास १ मा पर्ने छाङरु र टिंकर गाउँका करिब १८२ घर परिवार सो बाटो निर्माणपछि लाभान्वित हुनेछन् । घाँटीबगर र मौरी भिर ईलाकामा पर्ने ४५० मिटर सडक खण्ड अविलम्ब सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिले सेनालाई जिम्मा दिने निर्णय गरेको थियो ।
सडक खण्ड सुचारु भए पश्चात स्थानीय बासिन्दाहरु नेपालकै भूमि प्रयोग गरी आवत जावत गर्न सक्नेछन् ।यसअघि उनीहरुलाई आउजाउका लागि भारतीय भूमि प्रयोग गर्नेपर्ने बाध्यता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न