करेसाबारी र कौसी खेती बारे निःशुल्क अनलाइन तालिम

काठमाडौं– अनलाइन सपिङ स्टोर ग्यापु मार्केटप्लेस र मेरो एग्रो प्रालिले करेसाबारी र कौसी खेतीबारे निःशुल्क अनलाइन तालिम दिने भएका छन।
शुक्रबार दिउँसो चार बजे जुम मिटिङरुममा सुरु हुने तालिम सप्ताहिक रुपमा एक महिना सम्म चल्ने छ। तालिम ग्यापु मार्केटप्लेसको फेसबुक पेजबाट समेत लाइभ हेर्न सकिने छ।
इच्छुक जो कोहि तालिममा सहभागी हुन सक्नेछन्। जुम मिटिङको आइडी डछठ ण्ठढद्द ढछद्धठ र पासवर्ड बनचयनथबउग रहेको छ।
तालिममा अर्गानिक तराकारी खेतिको आवश्यकता, माटोको तयारी, बाली छनौट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद ब्यवस्थापन, सम्भावित रोग र निदानका उपाय र बाली भित्र्याउने प्रक्रिया सिकाइने मेरो एग्रो प्रालिका निर्देशक एस.के. श्रेष्ठले जानकारी दिए।
तालिममा स्थानिय जातका तरकारी लगाउन प्रोत्साहन गरिने र हाइब्रीड जातको समेत जानकारी गराइने श्रेष्ठले बताए। भान्साबाट निस्कने फोहोरलाई ब्यवस्थापन गरी मल बनाउने विधि समेत तालिममा सिकाइने छ। खेती गर्न इच्छुक तर बीउ र मल नहुने ग्राहकलाई घरमै डेलिभरी गरिने ग्यापु मार्केटप्लेसका निर्देशक ज्ञानेन्द्र खड्काले बताए।
लकडाउनले गर्दा फुर्सदिला बनेकाहरुलाई समयअनुसारको तरकारी खेती सम्बन्धि तालिम दिई बाँझो बारी र कौसीको सदुपयोग गर्न सिकाउन तालिमको आयोजना गरिएको खड्काले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगरका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्धको मुद्दामा सुनुवाइ हुँदै
-
रुसमाथिको प्रतिबन्ध हटाउँदैछन् ट्रम्प ?
-
ट्राफिक व्यवस्थापन तथा सुरक्षामा प्रहरी र समुदायसँगसँगै
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत
-
ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचनको उत्साह
-
सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते