बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री मनिषामाथि भारतीय मिडियाले गरेको व्यवहारको रक्तिमद्धारा भर्त्सना

बिहीबार, ०८ जेठ २०७७, १६ : ३६
बिहीबार, ०८ जेठ २०७७

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाका विरुद्ध भारतीय मिडियाहरूले देखाएको व्यवहारको रक्तिम सास्कृतिक अभियानले विरोध र भ्रत्सना गरेको छ । अभियानका अध्यक्ष रेम रानाले बिहीबार वक्तव्य जारी गर्दै नायिका कोइरालाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएपछि गरेको ट्वीटलाई रि–ट्वीट गरेकी थिइन् । ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरूबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौँ’ भनेर रिट्वीट गरेकी थिइन् । यही सामग्रीलाई आधार बनाएर भारतीय मिडियाहरूले ‘खाती भारतकी और गाना गाती चीनकी’ भन्नेसम्मको निम्नस्तरको गालीगलौजमा उत्रिएर उनका विरुद्ध समाचार सम्प्रेषण गरिरहेका छन् । मनिषा कोइरालाले आफ्नो देश नेपालप्रति व्यक्त गरेको भावनालाई रक्तिमले सम्मान गरेको छ । 

‘संसारका कुनै पनि मुलुकमा कुनै पनि नेपालीले कुनै पेशा वा व्यवसायलाई अँगालेर आफ्नो आफ्नो प्रतिष्ठा निर्माण गर्न सक्दछन् । तर त्यसप्रकारको प्रतिष्ठा जहाँ गएर निर्माण गरेपनि उनीहरूको देश नेपाल हुन्छ र आफ्नो देशभक्ति भावना प्रकट गर्न पाउँदछन् । यो खाली नेपालको सन्दर्भमा मात्र होइन, संसारभरिका मुलुकहरूका नागरिकहरूले पनि आ–आफ्नो मुलुकप्रति गौरव र सम्मान व्यक्त गर्दै आफ्नो देशभक्ति भावनाको परिचय दिने गर्दछन्’ रक्तिमको वक्तव्यमा भनिएको छ । 

त्यसैगरी ‘अभिनेत्री मनिषा कोइरालालाई पनि आफ्नो देशप्रति सम्मान र कदर गर्न पाउने पूरा अधिकार छ । सिनेमा जगतकी एक स्वतन्त्र र प्रतिष्ठित कलाकारप्रति जुन प्रकारले गालीगलौजलाई हामीले गलत मान्दछौँ र उनीहरूको त्यसप्रकारको कार्यका लागि हामी विरोध र भ्रत्र्सना गर्दछौँ’, अध्यक्ष रानाले वक्तव्यमा भनेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप