शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थप ९ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार, ०८ जेठ २०७७, १६ : २२
बिहीबार, ०८ जेठ २०७७

बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । 

रुपन्देहीको लुम्बिनीका १ पुरुष र झापाका ८ जना पु्रुषमा कोरानो संक्रमण पुष्टि भएको देवकोटाले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । 

यसअघि बिहीबार बिहान पनि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो । 


यसैबीच हालसम्म कोरोना निको हुनेको संख्या ४९ पुगेको छ । आज टेकु अस्पतालमा उपचार गराइरहेका ४ जना निको भएसँगै कोरोना निको हुनेको संख्या ४९ पुगेको हो । यस्तै कोरोनाबाट सिन्धुपाल्चोक, बाँके र गुल्मीका १–१ जनाको मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप