शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखाका एक बालकमा डेङ्गु सङ्क्रमण

बिहीबार, ०८ जेठ २०७७, १४ : ५७
बिहीबार, ०८ जेठ २०७७

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–१ मसेलमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । मसेलस्थित खागिथोकका १४ वर्षीय बालकमा डेङ्गुको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका महामारीसम्बन्धी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए ।
 
बालकलाई अत्यधिक ज्वरो आएपछि चैत ६ गते अस्पताल भर्ना गरिएकामा डेङ्गुको शङ्का लागेर परीक्षण गर्दा सङ्क्रमणको पुष्टि भएको उनले बताए । सङ्क्रमित बालकको सम्पर्कमा आएका अन्यमा भने डेङ्गु रोगको लक्षण नदेखिएको उनको भनाइ छ । वैशाख ३१ गते बालकलाई डेङ्गु सङ्क्रमणको पुष्टि भएको अर्यालले बताए ।

स्वास्थ्य कार्यालय गोरखाले थप व्यक्तिमा अहिलेसम्म सङ्क्रमण नदेखिए पनि सचेतता अपाउन भने सबैलाई आग्रह गरेको छ । गोरखा जिल्लामा पछिल्लो समय डेङ्गुको सङ्क्रमण देखिन थालेको कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप