मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बाराका एक युवकमा कोरोना संक्रमण देखियो

बिहीबार, ०८ जेठ २०७७, १४ : ४९
बिहीबार, ०८ जेठ २०७७

रौतहट । बाराको पचरौता नगरपालिका वडा नम्बर १ का एक जना युवकमा कोरोना भाइरस संक्रमण देखिएको छ । 

भारतको दिल्लीबाट केहीदिन अघि आएर क्वारेन्टाइनमा बसेका ३० वर्षीय युवकमा बिहीबार कोरोना भाइरस फेला परेको हो ।

 भारतको दिल्लीबाट नेपाल आउने क्रममा सिमावर्ती आदापुरमा भारतीय प्रहरीले रोकेर सोही ठाँउमा रहेको क्वारेन्टाइनमा राखेको थियो । सोही क्रममा  भारतीय प्रहरीले सो युवकको स्याब संकलन गरेको थियो ।

युवकमा पीसीआर रिपार्ट पोजेटिभ देखिएको भारतीय सुरक्षाकर्मीले आजै जानकारी दिएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिएका छन् । 

पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाती गाँउ निवासी बर्ष ३० का ती युवकलाई पछिल्लो केहिदिन देखि  पचरौता कोरेन्टीनमा राखिएको थियो ।

 बिहीबार बिहान भारतीय प्रहरीले ती युवकलाई कोरोना पुष्टि भएको र छुट्टै राख्नु भनि जानकारी दिएपछि उनलाई कलैया अस्पतालमा आइसोलेसन वार्डमा ल्याउन एम्बुलेन्स पठाइसकेको प्रवक्ता मिश्राले जानकारी दिएका छन् । 

भारतमा चेकगर्दा पोजिटिभ आएपनि अधिकारिक रुपमा फेरि पीसीआर चेक गर्नुपर्ने प्रहरी प्रवक्ता तथा डिएसपी गौतम मिश्राले बताएका छन् ।

यसका साथै बारामा तीनजना कोरोना पोजिटिभ र एकजना कोरोना भाइरसको शंकास्पद बिरामी  भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।  
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप