बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीका कोरोना संक्रमितको मृत्युप्रति प्रदेश सरकारद्वारा दुःख व्यक्त

बिहीबार, ०८ जेठ २०७७, १२ : ३६
बिहीबार, ०८ जेठ २०७७

गुल्मीका पहिलो कोरोना संक्रमितको मृत्युप्रति प्रदेश नम्बर ५ सरकारले दुःख व्यक्त गरेको छ । 

प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संक्रमितको बिहीबार बिहान मृत्यु भएको पुष्टि गरेको छ । 

रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटरमा उपचाररत गुल्मीको मदाने गाउँपालिका ६ निवासी ४१ वर्षीय शिक्षकको निधन भएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले विज्ञप्तिमार्फत जनाएका छन् । 

उनलाई बचाउन अनाकौं प्रयास गरेपनि बचाउन नसकिएकोमा सरकार दुःखी भएको उनको विज्ञप्तिमा उल्लेख छ । 

गुल्मीकाे एक  विद्यालयका प्राधानाध्यापक समेत रहेका उनको मृत्युले शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै प्रदेश सरकारले श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । ती शिक्षकमा गत जेठ ५ गते कोरोना संक्तमण पुष्टि भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप