गुल्मीका कोरोना संक्रमितको मृत्युप्रति प्रदेश सरकारद्वारा दुःख व्यक्त
गुल्मीका पहिलो कोरोना संक्रमितको मृत्युप्रति प्रदेश नम्बर ५ सरकारले दुःख व्यक्त गरेको छ ।
प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संक्रमितको बिहीबार बिहान मृत्यु भएको पुष्टि गरेको छ ।
रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटरमा उपचाररत गुल्मीको मदाने गाउँपालिका ६ निवासी ४१ वर्षीय शिक्षकको निधन भएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले विज्ञप्तिमार्फत जनाएका छन् ।
उनलाई बचाउन अनाकौं प्रयास गरेपनि बचाउन नसकिएकोमा सरकार दुःखी भएको उनको विज्ञप्तिमा उल्लेख छ ।
गुल्मीकाे एक विद्यालयका प्राधानाध्यापक समेत रहेका उनको मृत्युले शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै प्रदेश सरकारले श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । ती शिक्षकमा गत जेठ ५ गते कोरोना संक्तमण पुष्टि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण