बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

करेन्ट लगाएर हत्या गरेको अभियोगमा ३ जना पक्राउ

बिहीबार, ०८ जेठ २०७७, १२ : २१
बिहीबार, ०८ जेठ २०७७

कैलाली – कैलालीमा करेन्ट लगाएर हत्या गरेको अभियोगमा ३ जना लाई प्रहरीले पक्राउ गरेको छ ।

गत जेठ ५ गते माछा मार्ने क्रममा २१ वर्षीय प्रकाश चौधरीको करेन्ट लगाएर हत्या गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

उनी कैलालीको जानकी गाउँपालिकाको –१ दुर्गौलीस्थित विजुलिया कुलोको कुलो नदीमा माछा मारिरहेका थिए  । सोही क्रममा ३ जनाले विजुली प्रवाह गरी उनको मूत्यु गराएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

पक्राउ पर्नेमा टिकापुर नगरपालिका १ ज्योतिनगर बस्ने बर्ष ३८ का डम्वर वहादुर राजी ,बर्ष ३६ का शेर सिह लुहार ,बर्ष ५६ का भाने साँउद रहेका छन् । 

उनीहरुविरुद्ध जिल्ला अदालत कैलालीवाट ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

विजुलीको तारमा करेन्ट प्रवाह गरी ३ जनाले माछा मारिरहेको मौका छोपी हत्या गरिएको प्रहरीले जनाएको छ । 

घटनास्थलवाट १ फिट ८ ईन्च लम्वाई भएको बासको लाठी , लाठीमा बाँधेको २४ मिटर लामो विधुत तार र डम्वर राजीको घर कोठामा फेला परेको १७५ मिटर विधुतको तार समेत बरामत गरिएको प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप